नेपाल बैंकको स्मार्ट कार्ड साझा बसमा चल्ने

Apr 05, 2017 merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले एनबिएल स्मार्ट कार्ड (NBL Smart Card)  सञ्चालनमा ल्याएको छ आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा स्मार्ट कार्ड संचानमा ल्याएको बैंकले जनाएको छ । बैंकले नेपालमा नै पहिलो पटक साझा बसबाट यात्रा गर्ने यात्रुहरुको लागि स्मार्ट कार्ड प्रयोग गरी भाडा तिर्ने सुबिधा प्रदान गरेको छ ।

 

नेपाल बैंक लिमिटेड, साझा यातायात र एन क्लाउडको सहकार्यमा सञ्चालित यो सेवा नेपालमा नै पहिलो पटक हो । साझा बसमा यात्रा गर्ने नेपाल बैंक लिमिटेडका पहिलो ५०० जना ग्राहकहरुलाई यो कार्ड निशुल्क वितरण गरिने छ ।

हाल सो कार्डको प्रयोग साझा यातायातको लगनखेल देखि गोंगबु रुटमा चल्ने साझा बसहरुमा हुने छ र निकट भविष्यमा नै साझा यातायातको सम्पूर्ण रुटहरुमा चल्ने बसहरुमा यस किसिमको कार्ड प्रयोग गर्न सकिने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।