दैनिक दश रुपैयाँ तिर्नुस्,दश लाखको जीवन बीमा गर्नुस

Apr 09, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको छ । कम्पनीले यस योजना अन्र्तगत हरेक तह र तप्काका व्यक्तिले दैनिक दश रुपैयाँमा दश लाख बराबरको जीवन बीमा गराउन सक्ने बताएको छ ।


आइतबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई लगायतले सो योजना सार्वजनिक गर्दे स्मार्ट जीवन बीमा योजनाको बीमित बन्ने घोषणा समेत गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिवेक झाले स्मार्ट जीवन बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक दश रुपैयाँमा दश लाखको जीवन बीमा गराउन सक्ने जानकारी दिए ।

बीमितलाई गुणस्तरिय सेवा पुर्याउनका लागि दावी भूक्तानी प्रकृया लगायत व्यवस्थापन प्रणालीलाई चुस्त बनाईएकाले यस योजनाले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने झाले बताए ।

कार्यक्रममा पोखरा क्षेत्रमा बिगत एक दशक भन्दा लामो अवधिदेखि क्रियाशिल अभिकर्ता प्रविण पोखरेललाई सम्मान गरिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।