स्याङजाको गल्याङ् पुग्यो आई.सी.एफ.सी. फाइनान्स, खुद नाफा ११ करोड

Apr 09, 2017 Merolagani

आइ.सि.एफ.सि. फाइनान्स (ICFC) ले आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा स्याङजा जिल्लाको गल्याङ्मा आफ्नो १२ औं शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले नयाँ शाखा उद्घाटन गरे । यो शाखा बिस्तारसँगै आई.सी.एफ.सीको शाखा संख्या १२ पुगेको छ ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तले नयाँ शाखा बिस्तार गर्दै फाइनान्सले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनमा पनिे अझै उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गरेका थिए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ११ करोड ६७ लाख रुपैंया खुद नाफा गरेको फाइनान्सले एउटा बिस्तारित शाखा तथा वटा ए.टि.एम. मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

८० करोड रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले हालसम्म ४१ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै ६ अर्ब ३५ करोड निक्षेप संकलन तथा ५ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको जनाएको छ । फाइनान्सले निकट भविष्यमै चितवनको जयमंगला, खुरखुरे र ज्योतिनगरमा समेत शाखा बिस्तार गर्दैछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।