ईन्भेष्टमेण्ट र एसबिआईले अनलाईन आस्बाबाट यसरी लिन्छन् सेयर आवेदन

Apr 10, 2017 Merolagani
0



लगानीकर्ताको बैंक खातामै आवश्यक रकम रोक्का राख्ने आस्बा प्रणालीबाट नेपाल ईन्भेष्टमेण्ट बैंक (NIB) र नेपाल एसबिआई बैंक (SBI) ले अनलाइन सेयर आवेदन लिने प्रक्रिया तीब्र बनाएका छन् । यी दुई बैंकले अबलम्बन गरेको नविनतम प्रविधिले लगानीकर्तालाई घण्टौं लाममा बसेर सेयर आवेदन गर्न र सेयर नपरेको पैसा फिर्ता लिन हदैसम्मको सास्ती खेप्नबाट मुक्त गरेको छ ।

सेयर आवेदनमा सुरु भएको यो प्रयोगले लगानीकर्ताकै बैंक खातामा जम्मा रहेको रकमको व्याजको ग्यारेण्टी त गरेको छ नै घरमै बसेर इन्टरनेटको सहायताले सेयरमा आवेदन गर्न लगानीकर्ताहरुलाई निकै सहज बनाएको छ ।

अहिले स्वदेशी लघुवित्तले निष्काशन गरिरहेको साधारण सेयरको आवेदन अनलाइन आस्बाबाटै भर्न सकिनेछ । यसका साथै नयाँ वर्ष सुरु भए पछि थप दुई कम्पनीले साधारण सेयर निष्काशन गर्दैछन् । आस्बा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाले आधुनिक सेवाको प्रयोगमा प्रतिष्पर्धा गरिरहँदा नयाँ वर्षदेखि निष्काशन हुने अरु धेरै कम्पनीहरुको आईपीओ तथा एफपीओमा आवेदन गर्न धितोपत्र बोर्डको पछिल्लो निर्देशनले झनै सजिलो बनाएको छ ।

..[आस्बाबाट सेयर आवेदन गर्न धितोपत्र बोर्डले बनायो झनै सजिलो, अनलाइन आवेदन लिन निर्देशन]..

अनलाइन आस्बाबाट कसरी गर्न सकिन्छ सेयर आवेदन ?

नेपाल ईन्भेष्टमे्ण्ट बैंक :

नेपाल ईन्भेष्टमेण्ट बैंकले सुरु गरेको अनलाइन आस्बाबाट सेयर आवेदन गर्न बैंकको अनलाइन पोर्टल एनआईबिएल डट कम डट एनपीमा लग इन गर्नु पर्ने हुन्छ । बैंकमा खाता भएका सेवाग्राहीले बैंकको अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्ने छन् ।

ईन्भेष्टमेण्ट बैंकले चैत्र २५ गतेदेखि निष्काशन भैरहेको स्वदेशी लघुवित्तको साधारण सेयरमा यो प्रणालीबाट सेयर आवेदन संकलन गरिरहेको छ । आफ्ना सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको लग इन आईडी तथा पासवर्डबाट बैंकको वेबसाइटमा लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नु पर्ने हुन्छ ।

बैंकको अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क राख्नु पर्ने बैंकले जनाएको छ । ‘अनलाइन फर्म भर्दा दिइने निर्देशन पुरा गरेपछि ग्राहक प्रति तुरुन्त प्रिन्ट गर्न सकिनुका साथै उपलब्ध ईमेल ठेगानामा समेत प्रेषित गरिने व्यवस्था मिलाइएको छ ।’ बैंकले भनेको छ । शेयर आवेदनका लागि बैंकका सेवाग्राहीले एक सय रुपैंया महशुल तिर्नु पर्ने बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंक :

नेपालमा पहिलो पटक आस्बाबाट सेयर आवेदन लिने कामको सुरुवात गरेको नेपाल एसबीआई बैंकले पनि
अनलाइन आस्बाबाट सेयर आवेदन संकलन गरिरहेको छ । उसले यस अघि युनाइटेड मोदी हाइड्रो, स्टाण्डर्ड चार्टर्ड बैंकको एफपीओमा पनि अनलाइन आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गरेको थियो । एसबिआई बैंकको अनलाइन आस्बाबाट सेयर आवेदन गर्न चाहने बैंकका सेवाग्राहीले बैंकको वेबसाइट नेपाल एसबिआई डट कम डट एनपीमा गएर शिर्ष स्थानमा रहेको आस्बा लग इनमा गएर बैंकले उपलब्ध गराएको लग इन आईडी तथा पासवर्ड प्रयोग गरी माग गरिएको निर्देशन पुरा गर्नु पर्ने हुन्छ ।

बैंकले अनलाइनबाट तपाईको सेयर आवेदन लिए पनि सबै प्रकृया स्वचालित रुपमा पुरा हुने पद्धती नभएका कारण त्यसलाई पुर्णता दिन सेयर आवेदक कनफरमेशन नम्बर सहित बैंकमा उपस्थित हुन पर्ने बैंकका कम्पनी
सचिव तथा तथा एसबिआई मर्चेण्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी उपलब्ध गराउनेछ ।

बैंकले एसबिआई मर्चेण्ट बैंकिंगको सहकार्यमा अनलाइनबाट नै सेयरको सबै कृयालाप सञ्चालन गर्न सकिने बताएको छ । बैंकले अनलाइन आस्बा र अनलाइन डिम्याटलाई स्तरोन्नती गरी मोवाईल एम्प्लीकेसनको रुपमा विकास गर्ने योजना सहित मर्चेण्ट बैंकिंगको आधिकारिक वेबसाइट एनएसएमबिएल डट कम डट एनपी सञ्चालनमा ल्याई सकेको छ । केही समयमा नै बैंकले आस्बा अनलाइनको मोबाइल एप पनि ल्याउने जनाएको छ ।

...[साधारण सेयरमा आबेदन गर्न आश्वासँगै अब अनलाईन प्रणाली, कुन बैंकले दिन्छ यस्तो सेवा ?]...




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।