सिभिल बैंकले चुक्ता पूँजी पुर्याउन ३० प्रतिशत हकप्रद बेच्ने

Apr 12, 2017 merolagani

सिभिल बैंक (CBL) ले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउने अरु कुनै उपाय नभएपछि ३० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित २० प्रतिशत हकप्रदमा १० प्रतिशत थपेर चुक्ता पूँजी बढाउने निर्णय गरेको हो । 

हामा र युनिकललाई एक्वायर गर्ने प्रकृयामा रहेको बैंकले पूँजी योजना अनुसार गत बर्षको नाफाबाट दिने २.८० प्रतिशत बोनस तथा दुबै संस्थाको एक्वायरपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले यसअघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई पनि गाभिसकेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार सिभिलको चुक्ता पुँजी चार अर्ब ५८ करोड ३८ लाख रहेको छ । पुससम्ममा बैंकले १६ करोड ७३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा कायम गरेको छ ।

बैंकको आन्तरिक सुशासनमा गडबडीको अबस्था रहनु र प्रबाह भएको कर्जा असुलीमा प्रगति गर्न नसक्नुले बैंकले तेस्रो त्रैमासमा पनि आशाप्रद प्रगति गर्नसकेको संकेत पाईन्न । तीन प्रतिशत पनि बोनस सेयर दिन नसक्ने कम्पनीको सेयर मूल्य बाणिज्य बैंकहरुमा सबैभन्दा सस्तो छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।