मर्जर प्रस्ताव पारित गर्न यती र महालक्ष्मीले बोलाए साधारणसभा, यतीको हकप्रद के होला ?

Apr 13, 2017 merolagani

एक आपसमा मर्जरको प्रक्रियामा रहेका यती डेभलपमेन्ट बैंक (YETI)  र महालक्ष्मी विकास बैंक (MLBL) ले मर्जर लगायतका प्रस्ताव पारित गर्न बार्षिक साधारणसभा बोलाएका छन । यतीले वैशाख २२ गते तथा महालक्ष्मीले वैशाख २१ गतेका लागि बार्षिक साधारणसभा आह्वान गरेका हुन ।

दुुई बैंकले एक बराबर एकको अनुपातमा सेयर स्वाप आदान प्रदान गर्ने सहमति सहित मर्जर सम्झौता गरेका थिए । दुवै कम्पनीको साधारणसभाले १:१ को स्वाप रेशियो पारित गर्ने प्रस्ताव राखेको छन । 

मर्जर पछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक रहने छ । मर्जर पछि बन्ने महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैंया हाराहारीमा पुग्ने बताइएको छ ।

नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई आगामी असार मसान्तसम्ममा अढाई अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

यती डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी नगर्ने

मर्जर पश्चात राष्ट्र बैंकले तोकेको पूँजी पुग्ने भएपछि यसअघि यती डेभलपमेन्ट बैंकले जारी गर्ने भनेको दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद सेयर जारी नगर्ने प्रस्ताव यतीको साधारणसभाले पारित गर्ने भएको छ ।

यता माहालक्ष्मीले एक अर्ब १५ करोडको ७.९० प्रतिशतले हुन आउने ९ करोड १३ लाख रुपैयाँ बराबरको बोनस वितरणको प्रस्ताव पारित गर्नेछ ।

मर्जर पश्चात बन्ने विकास बैंकको निक्षेप २३ अर्ब ८४ करोड , कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुग्न भै देशकै सबैभन्दा ठुलो विकास बैंक बन्ने दाबी गरिएको छ ।

केही समय अघि मात्र महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एक आपसमा मर्ज भई महालक्ष्मी विकास बैंकको जन्म भएको थियो । पूँजी वृद्धिको अवधि सकिनै लाग्दा महालक्ष्मीले तीन वर्ष पहिले मनकामना विकास बैंक, यती फाइनान्स र भ्याली फाइनान्स मर्ज भएर बनेको यती डेभलपमेण्ट बैंकको साथ लिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।