कालिका माईक्रको ६५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 16, 2017 merolagani

कालिका माईक्रो क्रेडिट डेभ्लपमेन्ट बैंक (KMCDB) ले प्रस्ताव गरेको ६५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । स्याड.जामा मूख्य कार्यालय रहेको कम्पनीले प्रस्वावित बोनस पारित गर्न बैसाख २३ गते साधारणसभा बोलाएको छ ।

कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउन बैशाख ३ गतेसम्ममा सेयर किनी सक्नुपर्ने भएको छ । बैंकले बैसाख ४ गतेदेखि २३ गतेसम्म सेयरधनी किताब बन्द गर्ने जनाएको छ । 

कम्पनीको चुक्ता पूँजी पाँच करोड छ भने जगेडा कोषमा साढे सात करोड रहेको छ । बोनसपछि कम्पनीको पूँजी ८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

बैंकको निष्क्रिय कर्जा अनुपात एक दशमलव ७० प्रतिशत छ भने पूँजीकोष पर्याप्तता २४.१८ प्रतिशत रहेको छ । प्रतिशेयर नेटवर्थ २५०.९२ रुपैँया, मूल्य आम्दानी अनुपात २९.४५ गुणा तथा तरलता अनुपात १३.४२ प्रतिशत कायम छ ।

बैंकले १० जिल्लामा २४ शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

बैंकको साधारणसभामा केही जिल्लाहरुको कार्यक्षेत्र थप गर्ने, मुख्य कार्यालय पोखरा सार्ने र अन्य प्रस्ताबहरु पनि पेश हुने सूचना उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।