तपाइँको बचत खातामा सबैभन्दा धेरै कुन बैंकले ब्याज दिन्छ ? (हेर्नुुहोस् २८ बैंकको ब्याज दर)

Apr 17, 2017 Merolagani

अहिले कल खाताको पैसा आफ्नो बैंकबाट बाहिर जान नदिन धेरै बैंकले बचत खाताको न्युनतम ब्याजदर बढाए भनेर ठूलै हल्ला फैलाईएको छ । तर वास्तविकता भने कतिपय बाणिज्य बैंकले अझै बचत खातामा न्युनतम एक प्रतिशत हाराहारीमा नै ब्याज दिईरहेका छन् । बचत खाताको ब्याज दर बढ्दा लाखौं खातावाल लाभान्वित हुने भएकाले अहिले बैंकहरुमा लागु रहेको ब्याज दरको पछिल्लो अद्यावधिक बिबरण प्रस्तुत गरेका छौं ।

         हेर्नुहोस् बचत खातामा कुन बैंकले कति ब्याज दिन्छन् ?

 

बिबरणहरु सम्बन्धित बैंकको वेभसाईटबाट लिईएको हो ।

नेपाल राष्ट्र बैंकले बैसाख १ देखि कल खातामा दिईरहेको ब्याजदरलाई घटाएर बचत खातामा दिईरहेको न्युनतम ब्याज दर सरह पार्न निर्देशन दिएको छ । कल खातामा रकम जम्मा गर्नेहरुले धेरै ब्याज दिने बैंकमा निक्षेप सार्नसक्ने हुँदा बचत खाताको न्युनतम ब्याजदर बढाउने होडबाजी चलेको हल्ला बित्त बजारमा फैलिएको छ । तर अध्ययनबाट के देखिन्छ भने धेरै बाणिज्य बैंकको बचतमा न्युनतम ब्याजदर अझै तल नै छ ।

कल डिपोजिटको ब्याजदर नियन्त्रण गर्ने राष्ट्र बैंकको रणनीति

राष्ट्र बैंकले बैंकहरुका लागि जारी गर्यो नयाँ निर्देशन

 


केही बाणिज्य बैंकले बचत खातामा न्युनतम ब्याज दर छ प्रतिशतसम्म पुर्याएका छन् । त्यस्ता बैंकहरुमा निक्षेपकर्ताको भीड लाग्न थालेमा अरुले पनि बचत खाताको न्युनतम ब्याज बढाउने र अरु सुबिधा दिनुपर्ने हुन्छ ।

बैंकहरुले मुद्दती खातामा १३ प्रतिशत तथा कल डिपोजिटमा आठ देखि दश प्रतिशतसम्म ब्याज दिर्दै आएका छन । बचत खातमा मुस्किले चार प्रतिशतसम्म ब्याज दिदै आएका र कल डिपोजिटको पैसा धेरै लिएका बैंकहरुले बचत खाताको न्युनतम ब्याजदर धेरै बढाएका पाईएको छ ।

बचतको ब्याज दर बढेमा के हुन्छ ?

बचत खाताको ब्याज दर बढ्दा लाखौं सर्बसाधारण खातावालले लाभ प्राप्त गर्छन । यसबाट बैंकमा पैसा राख्न खोज्नेहरुलाई झन् प्रोत्साहित गर्छ र ब्याज दरको खेलमा बैंकमा ३५ देखि ४५ प्रतिशतसम्म निक्षेप जम्मा गर्नेहरुलाई पाखा लगाएर केही प्रतिशत निक्षेप राख्नेहरुको मोलमोलाई समाप्त पार्छ । आम रुपमा भन्दा बैंकमा बचत खाता खोलेका लाखौंको हित हुन्छ ।

कर्जाको ब्याज नघट्ने र बैंकहरुको नाफा कम हुने चिन्ता

बैंकहरुले एक प्रतिशत ब्याज दिएर वा सित्तैमा चलाईरहेका पैसामा बढी ब्याज दिनपर्दा कोषको लागत बढ्नु स्वभाविक हो र यसले कर्जालाई पनि महंगो बनाउँछ नै । अहिले १७, १८ प्रतिशत ब्याज दरमा कर्जा प्रबाह गरिरहेका बैंकहरुले तत्काल त्यसको ब्याज दर घटाउने संभावना छैन । कर्जाको ब्याज दर नघटेसम्म सेयर बजार लगायतका अन्य क्षेत्रमा कर्जाको माग बढ्न सक्दैन । कर्जाको माग नबढेसम्म बैंकहरुले लगानी बढाउन सक्दैनन् र प्रगति प्रभावित हुन्छ । कर्जा पूँजी निक्षेप अनुपात अर्थात सीसीडी ८० प्रतिशत नाघेका बैंकहरुले थप निक्षेप संकलन गर्न पनि बचतको ब्याज दर बढाउनै पर्ने अबस्था छ ।

अब बैंकहरुले आफुखुशी ब्याजदर परिवर्तन गर्न नपाउने,राष्ट्र बैंकले बनायो यस्ता प्रावधान

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।