नेपाल बैंकको झण्डै २४ प्रतिशत हकप्रद खुल्यो, कहाँबाट गर्ने आबेदन ?

Apr 20, 2017 merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले बैशाख ७ गते विहीबारदेखि हकप्रद खुला गरेको छ । बैंकले चुक्ता पूँजीको २३ दशमलव ७४ प्रतिशत बराबरको एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँको एक सय रुपैँया अंकित दरका एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रदको बिक्री खुला गरेको हो ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । हकप्रदमा सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सिटिसी मल छैटौ तल्ला सुन्धारा, नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथ, काठमाडौं तथा बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । चैत २८ गतेसम्म बैंकको सेयर किनेर सेयरधनी बनेका लगानीकर्ताले बैंकको हकप्रद भर्न पाउनेछन् ।

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा सबै बाणिज्य बैंकले चुक्ता पूँजी आठ अर्ब रुपैँया पुर्याउनुपर्ने नीति तथा व्यवस्था अनुरुप बैंकले हकप्रदमार्फत पूँजी वृद्धि गर्न लागेको हो । हाल नेपाल बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पूँजी आठ अर्ब चार करोडको हाराहारीमा पुग्नेछ । बैंकले दोस्रो त्रैमास सम्ममा एक अर्ब ८९ करोड खुद नाफा कमाएको छ ।

५१ प्रतिशत सेयर रणनितिक साझेदारलाई बिक्री गर्ने निर्णय गरेको बैंकले हाल कायम पूँजीलाई आठ अर्बको लक्ष्यमा लैजान हकप्रद निष्काशन गरेको हो । बैंकले गत जेठ २८ गतेसम्पन्न साधारण सभाबाट २३ दशलाव ७४ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको प्रति सेयर आम्दानी ५८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७ गुणा र निस्क्रिय कर्जा २।८५ प्रतिशत मात्र रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।