ज्योति बिकास बैंकले शतप्रतिशत हकप्रदका लागि तोक्यो बुक क्लोज मिति

Apr 20, 2017 Merolagani

ज्योति बिकास बैंक(JBBL)ले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रयोजनका लागि सेयर धनी दर्ता किताब बन्द अर्थात बुक क्लोजको मिति तोकेको छ ।

कम्पनीले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद बिक्री प्रयोजनका लागि बैशाख १४ गते बुक क्लोज मिति तोकेको हो । त्यस भन्दा अघिल्लो दिन अर्थात बैशाख १३ गतेसम्म सेयर सुरक्षित गर्नेले मात्र हकप्रद किन्न पाउने कम्पनीले स्पष्ट गरेको छ ।

ज्योतिको हाल चुक्ता पूँजी एक अर्ब १० करोड रहेकोमा सोही बराबरको हकप्रद बिक्री गर्न उसले धितोपत्र बोर्डबाट स्वीकृति पाईसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।