सनराइज बैंकले भारतबाट रेमिटेन्स भित्र्याउन आइडिबीआई बैंकसँग गर्यो सम्झौता

Apr 21, 2017 merolagani

सनराइज बैंक (SRBL) ले भारतबाट रेमिटेन्स ल्याउन आइडिबीआई बैंकसँग सम्झौंता गरेको छ । अब भारतमा बस्ने नेपालीले आइडिबीआई बैंकमार्फत सनराइज बैंकबाट पाउने गरी नेपालमा रकम पठाउन सक्नेछन्।



रेमिटेन्स भित्र्याउने सम्झौंतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइडिबीआई बैंकका महाप्रवन्धक एन कृष्णनले हस्ताक्षर गरे।

सम्झौता अनुसार भारतमा बस्दै आएका नेपालीले आइडिबीआई बैंकको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् । आइडिबीआईको भारतमा १८ सय भन्दा बढी शाखा संजाल छन्।

सम्झौता संगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहिहरुले सन्राइज बैंकको ६८ वटा शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।