राष्ट्रिय वाणिज्य बैंकले पायो आस्बा अनुमती, ६८ जिल्लाबाट सेयर आवेदन गर्न सकिने

Apr 23, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अर्थात आस्बा प्रणालीको अनुमती दिएको छ ।

बैंकले अनुमती प्राप्त गरेको आस्बा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुंदा खरिद गर्न चाहने सेयरका लागि वाणिज्य बैंकको जुनसुकै शाखा कार्यालयबाट सेयर आवेदन गर्न सक्ने छन् । यसका लागि आवेदकको वाणिज्य बैंकमा बैंक खाता भने भएको हुनु पर्छ ।

शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका एक ७२ वटा शाखा कार्यालयबाट सेवा लिन सकिने बैंकले जनाएको छ । यसबाट दुरदराजमा रहेका जनताहरुले पनि पुंजी बजारको लाभ लिन सक्ने र उनीहरुको सक्रियता बढ्ने विश्वास वाणिज्य बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ब्यक्त गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।