लगानीकर्तालाई अचम्ममा पार्ने सानिमा बैंकको प्रगतिको यो पक्ष

Apr 24, 2017 Merolagani

गैरआवासीय नेपालीहरुको धेरै लगानी रहेको सानिमा बैंक(SANIMA)ले निस्क्रिय कर्जालाई न्युन राख्दै लगातार प्रगतिको शिखरतर्फको यात्रा तय गरी लगानीकर्तालाई अचम्ममा पार्दै आएको छ । उसले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा पनि त्यस्तै प्रगति बिबरण पस्किएको छ ।


सानिमा बैंकले गत बर्षको तेस्रो त्रैमास यता उल्लेखनीय रुपमा हकप्रद बिक्री र बोनस बितरण गरी चुक्ता पूँजी ७२ प्रतिशतले बढाएको छ भने खुद नाफामा ४० प्रतिशतले बढोत्तरी गरेको छ । हेर्नुहोस् तुलनात्मक अध्ययनः

रकमलाई करोडमा देखाईएको छ । 

सानिमाको खुद नाफा मेरो लगानीले पूर्व आँकलन गरे भन्दा ६ करोडले कम हो ।

ब्यापार बिस्तारमा आक्रामक देखिएको सानिमाले कर्जा परिचालन गर्दा नै ऋणीको कर्जा तिर्नसक्ने अबस्थामा बिशेष ध्यान दिने र असुलीमा कडाई गर्ने नीति अख्तियार गर्दा निस्क्रिय कर्जा ज्यादै न्युन भएको देखिन्छ । सानिमाको निस्क्रिय कर्जा अनुपात २८ वटा बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम देखिएको छ। यो सूचकले उसको लगानी डुब्ने अति कम भएको प्रमाणित गर्दछ । निस्क्रिय कर्जा केही बढ्दा यो पल्ट भने उसले प्रोभिजन बढाउनु परेको छ ।

सानिमा बैंकले अत्यधिक पूँजी बृद्धि गरे पनि त्यसैलाई पछ्याउँदै प्रगति गरेकाले ईक्विटीमा प्रतिफल अर्थात आरोई धेरै घट्न दिएको छैन, यो अघिल्लो बर्षको तेस्रो त्रैमासमा २२ प््तिशत थियो भने अहिले १८ प्रतिशत कायम भएको छ । त्यस्तै प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।