महुली लघुवित्तको आईपीओ भर्ने सोमबार अन्तिम दिन

Apr 24, 2017 merolagani

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLBSL) ले बैशाख ११ गते आजदेखि आईपीओ निष्काशन बन्द गर्दैछ । लघुवित्तले एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता साधारण सेयर बैशाख ७ गतेदेखि खुला गरेको हो ।

साधारण सेयरमा ईच्छुक लगानीकर्ताले आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् । साथै एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयहरु र सनराइज बैंकका विभिन्न १८ वटा शाखा मार्फत आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ बराबर र अधिकतम ६०० कित्ता अर्थात ६० हजार रुपैयाँ बराबरको आवेदन गर्न पाउने कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेडले जनाएको छ ।

कम्पनीले जारी गर्ने एक लाख २० हजार कित्ता साधारण सेयर मध्ये ४ हजार ८ सय कित्ता कर्मचारीलाई तथा ६ हजार कित्ता सेयर सामुहिक लगानीकोषका लागि छुट्याएको छ । सर्वसाधारण लगानीकर्ताले एक लाख ९ हजार २ सय कित्ता सेयरका लागि मात्र आवेदन गर्न पाउनेछन् ।

सर्वसाधारणमा सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४ करोड रुपैयाँ पुग्नेछ । साधारणसेयर पछि कम्पनीमा सर्वसाधारणको ३० प्रतिशत शेयर कायम रहने छ । माहुली लघुवित्तले केन्द्रिय कार्यालय सहित २८ शाखा कार्यलयहरु मार्फत १० जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

माहुली लघुवित्तको साधारण सेयरमा सेयर संख्या कम भएको र सबै आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँड हुने सम्भावना भएकाले धेरै रकम नफसाउँदा नै उचित देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।