अघिल्लो दिन ३५ अंकले बढेको बजारमा सोमबार किन आयो करेक्शन ?

Apr 24, 2017 merolagani

सोमबारको सेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । सोमबार नेप्से झण्डै अठार अंकले ओरालो लागेको छ भने कारोबार रकममा ५७ करोडले कमी आएको छ । आजै आर्कषक नाफा सहितको वित्तीय विवरण सार्वजनिक गरेका एभरेष्ट,सानिमा तथा एनएमबि बैंकले लगानीकर्ताको ध्यान खिच्न सकेनन् ।

सोमबार कारोबार खुलेको केहीबेर बजार सकारात्मक रहेपनि त्यसपछि निरन्तर ओरालो लागेको बजारमा बीचमा फर्कन खोजेपनि अन्तत १७.९४ अंकले झरेर १६७५.७८ अंकमा झरेको छ । 

१४२ कम्पनीको सेयर किनबेच भएको बजारमा ९६ करोड ५२ लाख बराबरको सेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ५७ करोडले कम हो । आइतबार सेयरबजारमा एक अर्ब ५३ करोड बराबरको सेयर किनबेच भएको थियो ।

करिब अठार अंकले बजार झर्र्दा बजार पूँजीकरण २१ अर्बले झरेको छ । सोमबार समग्र बजार पूँजीकरण १९ खर्ब ४१ अर्ब कायम भएको छ । आइतबार बजार पूँजीकरण १९ खर्ब ६२ अर्ब पुगेको थियो ।

राजनैतिक वातावरण सुध्रने आशले अघिल्लो दिन सेयरबजारमा क्रेताहरु हाबी हुदाँ बजार ३५ अंक बढीले उकालो लागेको  थियो भने कारोबार पनि उच्च भएको थियो  । तर सोमबार दुई चरणको निर्वाचन र बजेटको बिषयलाई लिएर सतारुढ तथा प्रतिपक्ष दलहरुबीच केही खटपट देखिन थालेपछि लगानीकर्ताको मनोबल खस्किएको   देखिन्छ । जसका कारण सोमबारको बजारमा सेयर बिक्रेताहरु हाबी हुँदा बजार तथा कारोबार दुवैमा गिरावट आएको छ । 

सोमबार चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका तीन वाणिज्य बैंक एभरेष्ट, एनएमबि र सानिमाले पनि लगानीकर्ताको ध्यान खिच्न सकेनन । यी तीनै कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । एभरेष्टको प्रतिकित्ता २० रुपैयाँ, एनएमबिको ११ रुपैयाँ तथा सानिमाको सेयरमूल्य प्रतिकित्ता चार रुपैयाँले झरेको छ ।

एभरेष्ट बैंकले २६ प्रतिशत, एनएमबिले ४८ प्रतिशत र सानिमा बैंकले ४१ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेका थिए ।

बजार उच्च अंकले घटेपनि यसदिन चार कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतको हाराहारीमा बढेको छ । अघिल्लो दिन तीन आर्थिक बर्षको बोनसपछि सेयरमूल्य समायोजन भएको राष्टिय बीमा कम्पनीको साधारण तथा संस्थापक दुवैको सेयरको मूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ ।

त्यस्तै एभरेष्ट फाइनान्ससँग गाभिएपछि कारोबार खुलेको श्री इन्भेष्टमेन्ट फाइनान्सको पनि सेयरमूल्य दशप्रतिशतकै दरले बढेको छ । दुई सय प्रतिशत हकप्रद समायोजन गरेको हाम्रो विकासको पनि सेयरमूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । यसदिन माउन्ट मकालु डेभलपमेन्ट गोर्खाज फाइनान्स, समिट माइक्रो लगायतका कम्पनी धेरै कमाउनेमा परे ।

दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै सात प्रतिशतले गुमाएको बजारमा युनाइटेड फाइनान्स, वोमी माइक्रो, सेति फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट, आइसीएफसी फाइनान्स लगायतका कम्पनी गुमाउनेमा परे ।

यसदिन सबैभन्दा धेरै प्राइम लाइफको चार करोड बढीको सेयर किनबेच भयो । प्रभु, ग्लोबल आइएमई, सिद्धार्थ बैंक, युनाइटेड इन्स्योरेन्स तथा नेशनल लाइफको पनि तीन करोड बढीको कारोबार भयो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।