लक्ष्मी म्युचुअल फण्डको एक अर्बको ईकाई सर्बसाधारणका लागि बिक्रीमा आउने, कहिलेदेखि आबेदन गर्न सकिन्छ ?

Apr 25, 2017 Merolagani

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषको १० करोड ईकाई सर्बसाधारणमा बिक्री गर्ने भएको छ । लक्ष्मी भ्यालु फण्ड १ संचालन गरिरहेको लक्ष्मी क्यापिटलले दोस्रो योजना अन्तर्गत लक्ष्मी ईक्विटी फण्ड  धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्बसाधारणमा आब्हान पत्र जारी गरेको हो ।

उसले बैशाख २२ गतेदेखि २६ गतेसम्म चार कार्य दिनसम्म ईकाईका लागि आबेदन लिने छ, तोकिएको चार कार्य दिनमा सबै ईकाई बिक्री नभएमा जेठ पाँच गतेसम्म बिक्री अवधि तोकिएको छ ।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि एक करोड ईकाईसम्मका लागि सर्बसाधारणले आबेदन गर्नसक्नेछन् । लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखाहरुबाट आबेदन पत्र प्राप्त गरी माग गरे बराबरको रकम बुझाएर पेश गर्न सकिनेछ ।

लक्ष्मी क्यापिटलले ईकाई बिक्रीबाट प्राप्त हुने अधिकांश रकम सेयर बजारमै परिचालन गर्नेछ । यस्ता कोषहरुको उपस्थितिबाट नेपालको सेयर बजारलाई स्थायित्वमा आड मिलेको छ ।

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।