नेपाल बङ्गलादेश बैंकको तातोपानी शाखा बाह्रबिसेमा स्थानान्तरण

Apr 25, 2017 merolagani

नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले तातोपानी लिपिङ्गमा संचालित शाखा बाह्रविसे बजारमास्थानान्तरण गरेका छ । ०७२ वैशाख १२ गते आएको महा भुकम्पको कारणले बैँकको तत्कालीन तातोपानी शाखा साविकको स्थानबाट संचालन गर्न कठिनाई भईरहेकाले स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमल कुमार श्रेष्ठ तथा बैंकका संचालकहरु अरुण श्रेष्ठ तथा दिपक कार्कीले संयुक्त रुपमा गरे ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकको यो शाखा सहित ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४१ एटिएम बाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिंदै आएको जानकारी दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।