सिटिजन्स बैंकले आस्वा सेवा २५ रुपैयाँमै दिने

Apr 25, 2017 merolagani

सिटिजन्स बैंक इन्टरशनेल (CZBIL) ले आस्वा मार्फत सेयर भर्ने शुल्क घटाएको छ। बैंकले आस्वा मार्फत सेयर आवेदन गर्ने शुल्क घटाएर २५ रुपैयाँमा झारेको छ । बैंकले आस्वा सेवा आफ्ना ५८ वटा शाखाबाटै उपलब्ध रहेको जनाएको छ । 

बैंकले माघ ९ गते नै नेपाल धितोपत्र वोर्डबाट आस्वामार्फत सेयर संकलन गर्ने इजाजत पाएको थियो।

अबदेखि बैंकले आइपिओ र एफपिओको सेयर भर्दा लाग्ने शुल्क २५ रुपैयाँमा मात्र लिने बैंकका प्रवत्ता गणेश राज पोखरेलले बताए ।

धितोपत्र बोर्डले यस्तो शुल्क अधिकतम एक सय रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ ।

यसअघि सिभिल बैंकले ५० रुपैयाँमा नै आश्वा सेवा दिने उद्घोष गरेको थियो ।

आस्वाबाट सेयर आवेदन गर्दा आफ्नो खाता भएको बैंकबाट मात्रै आवेदन गर्न पाइने भएकाले बैंकहरुले नयाँ खाता खोल्ने ग्राहकहरु तान्न पनि आस्वा शुल्क घटाउन थालेका हुन । 

आस्वा प्रणालीमा आवेदन गर्दा आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।