सिद्धार्थ ईन्स्योरेन्सको हकप्रद सुरक्षित गर्न सेयर किन्ने विहीबार अन्तिम दिन

Apr 27, 2017 Merolagani

सिद्धार्थ ईन्स्योरेन्स(SIL)ले बिक्री गर्न लागेको झण्डै २० प्रतिशत हकप्रदका लागि सेयर सुरक्षित गर्ने विहीबार अन्तिम दिन हो । सिद्धार्थले हाल कायम ५.२ कित्ता सेयर हुनेका लागि नयाँ एक कित्ता सेयर एकसय रुपैयाँमा किन्न पाउने गरी हकप्रद निश्काशन गर्न बैशाख १७ गते सेयरधनी दर्ता किताब बन्द गर्दैछ ।

कम्पनीको चुक्ता पूँजी हाल ४४ करोड रहेकोमा हकप्रद जारीपछि ५२ करोड पुग्नेछ । बीमा समितिले तोकेको चुक्ता पूँजी एक अर्ब पुर्याउन कम्पनीले आउने एक बर्षभित्र ४८ करोड पूँजी थप्नुपर्नेछ ।

सिद्धार्थले दोस्रो त्रैमाससम्ममा आठ करोड खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बाषिकीकरण गर्दा ४८ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।