थपिएका तीन क्लियरिङ बैंकले दुई साताभित्र काम थाल्ने,यसै साता सम्झौता हुँदै

Apr 30, 2017 merolagani

थपिएका तीन क्लियरिङ बैंकले दुई साताभित्र सेवा प्रदान गर्ने भएका छन। केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)ले छानिएका बैंकहरुसँग काम सुरु गर्ने बारे यसै साता सम्झौता गर्ने जनाएको छ । खुला प्रतिस्पर्धाबाट सिद्धार्थ बैंक(SBL), प्रभु बैंक (PRVU)  र नेपाल इन्भेस्टमेन्ट बैंक(NIB)  क्लियरिङ बैंकको रुपमा छनौट भएका थिए ।

छानिएका क्लियरिङ बैंकहरुसँग काम सुरु गर्ने बारे यसै साता सम्झौता हुँदैछ । सम्झौता भएको हप्ता दश दिनभित्रै ती बैंकहरुले काम थाल्ने सिडीएससीका कार्यकारी प्रमुख देबप्रकाश गुप्ताले मेरो लगानीलाई जानकारी दिए ।

धितोपत्र बोर्ड, नेप्से, सिडीएससी, सम्बन्धित बैंक र ब्रोकरहरुको संलग्नतामा थपिएका बैंकहरुबाट कसरी काम गर्ने भन्ने बारे कार्यविधि बनेको छ । सोही कार्यविधि अनुसार नै थपिएका बैंकहरुले सेवा थाल्ने गुप्ताले बताए ।

नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) को संचालक समितिबाट स्वीकृत मापदण्ड र मूल्यांकन तालिका अनुसार सिडिएस एन्ड क्लियरिङ लि.ले सिद्धार्थ बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक डेढ महिना अगाडि क्लियरिङ्ग बैंकमा नियुक्त गरेको थियो ।

नेप्सेले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ प्राप्त भएपश्चात संशोधित प्रावधानहरुलाई समेत समेटेर क्लियरिङ बैंक थप गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

यसअघि ग्लोबल आइएमई बैंकले मात्र क्लियरिङ सेवा दिँदै आएको थियो। अब क्लियरिङ बैंकको संख्या चार पुगेको छ । जिल्ला जिल्लामा सेयर दलालहरुले शाखा विस्तारगरी कारोबार समेत थालेको अवस्थामा थपिएका क्लियरिङ्ग बैंकले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।