नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज मिति

May 01, 2017 merolagani

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ । बैंकले बैशाख २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।  बैशाख २५ गते सोमबारसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैँया कायम गरेको छ । एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।