एनआइसी एशिया बैंकको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने मंगलबार अन्तिम दिन

May 02, 2017 merolagani

एनआइसी एशिया बैंकले निष्काशन गरेको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले  १० बराबर १.५० कित्ता हकप्रद सेयर भर्न पाउने गरि चैत १६ गते बुधबारदेखि हकप्रद निष्काशन गरेको हो ।

एनआइसीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।  

हकप्रद सेयरमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सिटिसी मलको छैटौं तल्ला सुन्धारा तथा एनआइसी एशिया बैंकको मुख्य कार्यालय थापाथली तथा अधिकांश शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ । चैत ६ गते आईतबारसम्म बैंकको सेयरमा स्वामित्व प्राप्त गरेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् । 

एनआइसी एसियाले राष्ट्र बैंकले तोेकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १५ प्रतिशत हकप्रद सेयर जारी गरेको  हो । हाल बैंकको चुक्ता पूँजी पाँच अर्ब ८१ करोड ९६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पूँजी छ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २६ रुपैयाँ ०६ पैसा कायम गरेको छ । धितोपत्र बजारमा बैंकको सेयर आईतबार प्रतिकित्ता ४७० रुपैँयामा कारोबार भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।