स्ट्याण्डर्ड चार्टर्डको एफपीओ शुक्रबार बाँडफाँड हुने

May 03, 2017 merolagani

स्ट्याण्डर्ड चाटर्ड बैंक (SCB) ले बिक्री गरेको २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ साधारण सेयर (एफपीओ) को बाँडफाँड शुक्रबार हुने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार स्ट्याण्डर्ड चार्टडको एफपीओ वाँडफाँड गर्ने जानकारी दिएको हो ।

धितोपत्र बोर्डले ५० दिनभित्रै एफपीओ बाँडफाँड गर्न निर्देशन दिए अनुसार यसै साता बाँडफाँड गर्न लागिएको क्यापिटलले जनाएको छ । क्यापिटलका मर्चेन्ट बैकिङ प्रमुख कमल नेपालले बोर्डले दिएको समयसिमा भित्रै रहेर एफपीओ बाँडफाँड गर्ने तयारी भएको बताए ।

चार्टर्डले गत चैत १ देखि ४ गतेसम्म फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेको थियो ।
चार्टडको एफपीओमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ ।

चार्टर्डले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड एक लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको चार्टर्डको प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ २९ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।