नेपाल लाइफ इन्स्योरेन्सद्धारा २५४ जना आर्थिक पत्रकारलाई निःशूल्क जीवन बीमा प्रदान

May 05, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) ले आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको ७ लाख ५० हजार रुपैयाँ बीमाङ्कको निःशुल्क जीवन बीमा गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो १७ औ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत सेजनमा आवद्ध २५४ जना पत्रकारहरुलाई निःशुल्क जीवन बीमा गर्ने निर्णय गरेको हो ।



२ लाख ५० हजार रुपैयाँ बीमाङ्क रहेको ‘स्मार्ट जीवन बीमा’ बीमा लेखमा २ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा र २ लाख ५० हजार पूर्ण अशक्तता बीमाको सुविधा थप गरी जनही ७ लाख ५० हजार रुपैयाँ बीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।

विहीबार राजधानीमा आयोजित कार्यक्रमा कम्पनीका अध्यक्ष रमेशप्रसाद गुप्ताले कुल १९ करोड ५ लाख बीमाङ्कको बीमा लेख सेजनका अध्यक्ष अवस्थीलाई हस्तान्तरण गरे ।

यो बीमा एक वर्षको लागि हुनेछ । त्यसपछि पुनः नविकरण गर्न सकिने सेजनले जनाएको छ । का अध्यक्ष गोकर्ण अवस्थीले बताए । कम्पनीले सेजनसँग सहकार्य गरी जीवन बीमा गराउन गरेको सहयोग निकै महत्वपूर्ण रहेको उनले बताए ।

साथै कम्पनीले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नारा रहेको स्मार्ट जीवन बीमा योजना समेत सार्वजनिक गरेको छ । यो योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक दश रुपैयाँमा दश लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।