लघुबित्तको सेयर त किन्नु तर छिमेक जस्तो कम्पनीको

May 07, 2017 Merolagani

लघुबित्त भन्दैमा खराब र कमजोर पूँजी आधार भएको कम्पनीको सेयर चार हात उफ्रिएर किन्नेहरुलाई नराम्रो झट्का लाग्ने गरेको छ तर छिमेक लघुबित्त बिकास बैंक जस्ता बलियो र राम्रो प्रगति गर्ने कम्पनीलाई कमैले पत्याएको पाईन्छ । सेयर किन्ने हो भने प्रगति बिबरण हेरेर यस्तै बलियो कम्पनीको किन्नुपर्छ, जुन अरु भन्दा सस्तो, सुरक्षित र ढुक्कले प्रतिफल पाईने खालको होस् ।

छिमेक लघुबित्तको तेस्रो त्रैमासको प्रगति बिबरण हेर्दा उसले क्रमशः प्रगति गर्दै गएको देखिएको छ ।

नोटः रकमलाई करोडमा देखाईएको छ । 

ग्रामिण तहमा सिधा कर्जा प्रबाह गर्ने अरु लघुबित्त भन्दा धेरै तल निस्क्रिय कर्जालाई ल्याएर बर्षभरिको सदस्य बिस्तार सिमालाई तेस्रो त्रैमासमै पुरा गरी तीन लाख ११ हजार सदस्य बनाएको संस्था वास्तवमै बलियो रुपमा देखा परेको छ । यसका सदस्य ऋणीहरुमा प्रबाह भएको कर्जा जोखिममा छैन र आगामी दिनमा अझ धेरै प्रगति गर्नसक्ने संभावना छ भन्ने देखिन्छ । खुद नाफा बृद्धिको अबस्था पनि निकै आकर्षक देखिन्छ ।

राष्ट्रियस्तरमा थोक कर्जा प्रबाह गर्ने लघुबित्तको भन्दा धेरै चुक्ता पूँजी भएकाले अब उसले बोनस सेयर धेरै दिदैन भन्ने आशंका गर्नु पनि बेकार छ किनभने उसले गतब र्षको खुद नाफाबाट पनि आकर्षक बोनस बाँडेको थियो । चुक्ता पूँजीकै हाराहारीमा जगेडा कोष रहेकाले पनि जोखिम ब्यवस्थापन धेरै सहज छ ।

प्रति सेयर नेटवर्थ १९८ हुनु अर्को बलियो पक्ष हो । 

दुई, चार करोडवाला लघुबित्तको सेयर मूल्य तीन हजार नाघ्दा छिमेकको १६०० रुपैयाँँ हाराहारीमा हुनुले लघुबित्तमा सुरक्षित लगानी गर्नेहरुका लागि उत्तम बिकल्पको रुपमा देखा परेको छ । यसो भन्दैमा छिमेकमा पनि उचालिएर लगानी नगर्नु राम्रो्, सस्तोमा पाईयो भने यसको सेयरमा लगानी गर्दा हुन्छ । एक, दुई करोड हातमा लिएर लघुबित्त सेयर मूल्य उचाल्न र थचार्न खोज्नेहरुले छिमेकमा जत्ति बल गरे पनि सफल नहुने भएकाले यसको सेयर मूल्यमा तीब्र उतार चढावको संभावना छैन, जस्तो दुई, चार करोडवाला लघुबित्तमा हुने गरेको छ । त्यस कारण पनि यस्ता लघुबित्तको सेयरमा सर्वसाधारणको लगानी सुरक्षित छ भन्न सकिन्छ ।

छिमेक जस्तै अरु केही लघुबित्त पनि छन् जसको पूँजी आधार र प्रगति राम्रो छ र सेयर मूल्य सस्तो पनि छ । यस्ता कम्पनीहरुमा सर्बसाधारण लगानीकर्ताको लगानी जोखिम कम हुन्छ । 

लघुबित्त संस्था बलियो र ठूलो हुँदै गयो भने त्यसले दिने सेवा सुबिधा गुणस्तरीय हुनुका साथै सस्तो ब्याजमा गरीबले कर्जा पाउँछन् भन्ने पनि देखिन्छ । छिमेकले ५ देखि १६ प्रतिशतसम्ममा निक्षेप लिएर १० देखि २० प्रतिशतसम्म ब्याज दरमा कर्जा प्रबाह गरिरहेको छ । छिमेकलाई हिमालयन बैंक, बैंक अफ काठमाण्डु लगायतका बाणिज्य बैंकहरुले प्रबद्र्धन गरेका छन् । संस्थागत सुशासन राम्रो भएका, बलिया कम्पनीको नियमन र आड भरोसामा चलेको संस्था पनि बलियो र राम्रो हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।