प्राईम लाईफ ईन्स्योरेन्सको बित्तीय बिबरणले देखायो आशा

May 09, 2017 Merolagani

संस्थागत सुशासन दयनीय भई बीमा समितिको कारबाही भोगिरहेको प्राईम लाईफ ईन्स्योरेन्सको बित्तीय अबस्था सुघ्रिएको संकेत देखिएको छ ।  केही बर्षको साधारणसभा  गर्न नसकेको प्राईम लाईफले तेस्रो त्रैमासम्ममा आफु बलियो हुँदै गएको देखाएको हो ।

 

कम्पनीको बीमांकीय मुल्यांकन अघिको खुद नाफा गत बर्षको तेस्रो त्रैमासको तुलनामा एक करोड भन्दा बढीले बढोत्तरी भएर १० करोड नाघेको छ । कम्पनीले खुद बीमा शुल्क र बिमितहरुको संख्या पनि बढाउँदै लगेको छ ।

४८ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७५ करोड र बीमा कोषमा चार अर्ब ४६ करोड रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३५ पैसा रहेको देखाएको छ, जुन बीमाांकीय मुल्यांकन हुँदा अरु धेरै हुनसक्छ ।
यस कम्पनीमा उद्योगपति राजेन्द्र खेतान र लक्ष्मी बैंकको धेरै लगानी रहेको छ । तत्कालीन मुख्य कार्यकारी रेष्टा झाले भ्रमणको बहानामा कम्पनीको रकम हिनामिना गरेपछि बीमा समितिले कारबाही गरेको थियो ।

कम्पनीले बिगत केही बर्षको लेखापरीक्षण सम्पन्न गरी साधारणसभा आयोजना गर्ने बारेमा कुनै बिबरण सार्वजनिक गरेको छैन । यसै कारण पनि बीमा समितिले २०७२ असारसम्म दुई अर्ब चुक्ता पूँजी कायम गर्नु भनी दिएको निर्देशनलाई कम्पनीले कसरी पुरा गर्छ भन्ने कुरामा लगानीकर्ताको धेरै चासो रहेको पाईन्छ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।