फस्ट माईक्रोको ५० प्रतिशत हकप्रद खुल्यो, यी स्थानबाट गर्न सकिन्छ आवेदन

May 11, 2017 merolagani

राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने फस्ट माईक्रोफाईनाइन्स कम्पनी (FMDBL) ले बैशाख २८ गते विहीबारदेखि ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । लघुवित्त कम्पनीले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रदमा चैत २९ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, फस्ट माईक्रोफाईनाइन्स कम्पनीको शाखा कार्यालयहरु ज्ञानेश्वर काठमाण्डौं, उर्लाबारी मोरङ्ग, भरतपुर चितवनका साथै ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु आर्दशनगर वीरगंज,फुलबारी ईटहरी, भानुचोक जनकपुर, धनगढी कैलाली, पृथ्वीचोक पोखरा, त्रिभुवनचोक नेपालगंज, वि पी चोक बुटवलका शाखा कार्यालयहरुबाट जेठ ३१ ग्तेसम्म हकप्रद भर्न पाउनेछन् । 

हाल माईक्रोफाईनाइन्सको चुक्तापूँजी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ। हकप्रद जारीपछि कम्पनीको चुक्तापूँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

केन्द्रिय बैंकले तोकेको ६० करोड पूँजी पुर्याउन अब कम्पनीलाई थप २० करोड बढी पूँजी आवश्यक पर्नेछ । 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट भाद्र ८ मा जारी गरेको परिपत्र अनुसार राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाको पूँजी ६० करोड पुर्याउने व्यवस्था अनुरुप कम्पनीले हकप्रद निष्काशन गरेको हो ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।