स्टान्डर्ड चार्टर्डको एफपीओ नपरेको पैसा रकमान्तर हुने २२ बैंक चिन्नुहोस्

May 12, 2017 Merolagani

स्टाण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर (एफपीओ) नपरेको पैसा रकमान्तर सुरु भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार २२ वित्तीय संस्थामा खाता भएकाहरुको पैसा आईपीएस प्रणालीबाट रकमान्तर सुरु गरिएको हो ।

आईपीएस प्रणालीबाट रकमान्तर सुरु भएको जनाउँदै क्यापिटलले सात कार्य दिनसम्ममा पनि आफ्नो बैंक खातामा पैसा जम्मा नभएको खण्डमा क्यापिटलमा सम्पर्क राख्न आग्रह गरिएको छ ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेका अनुसार झण्डै ७० हजार लगानीकर्ताको बैंक खातामा पैसा जम्मा हुनेछ । नेपाल क्लियरिंग हाउसको आईपीएस प्रणालीबाट रकमान्तर नहुने लगानीकर्तालाई भने जेठ १ गतेदेखि चेक बितरण सुरु गरिने क्यापिटलले जनाएको छ ।

कुन् कुन् बैंकमा सिधै पैसा जम्मा हुन्छ ? हेर्नुहोस् सूची

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।