नागबेली लघुवित्तको २१ हजार आठ सय ८९ कित्ता संस्थापक सेयर लिलामीमा

May 18, 2017 merolagani

नागबेली लघुवित्त (NBBL) ले जेठ १९ गतेदेखि २१ हजार आठ सय ८९ कित्ता संस्थापक सेयर लिलामी गर्ने भएको छ । लघुवित्त कम्पनीले मंसिर २० गतेदेखि माघ १० गतेसम्म जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक सेयर बोलपत्र मार्फत बेच्ने भएको हो ।

नागबेलीको लिलामी सेयरमा ईच्छुक लगानीकर्ताले जेठ १९ गतेदेखि कम्पनीको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी तथा नागबेलीको प्रधान कार्यालय बिर्तामोड झापाबाट जेठ २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सकिन्छ । प्राप्त भएको बोलपत्र जेठ २८ गते खुला गरी असार १ गते बाँडफाँड गरिने छ । 

सेयर प्राप्त गर्न नसक्ने लगानीकर्ताहरुलाई असार ६ गतेदेखि रकम फिर्ता गर्ने एनएमबि क्यापिटलले जनाएको छ ।

 

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।