लाइफ इन्स्योरेन्स कर्पाेरेसनको २४.८ प्रतिशत बोनसपछि कतिमा भयो मूल्य समायोजन ?

May 21, 2017 merolagani

नेपाल स्टक एक्सचेन्जमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन (LICN) को मूल्य समायोजन भएको छ । कम्पनीको २४.८ प्रतिशत बोनसको मूल्य समायोज भएको हो ।

नेप्सेले २४.८ प्रतिशत बोनसपछि लाइफ इन्स्योरेन्स कर्पाेरेसनको प्रतिकित्ता दुई हजार दुई सय ८४ रुपैयाँमा मूल्य समायोजन गरेको छ । यस आधारमा आइतबार कम्पनीको पहिलो कारोबार दुई हजार दुई सय ८४ रुपैयाँबाट सुरु भएको छ । कम्पनीको औषत आधार मूल्य दुई हजार पाँच सय २९ रुपैयाँ रहेको छ ।

कम्पनीले जेठ १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाएको १५ औ साधारणसभाले २४.८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्दैछ ।

इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्ममा चार करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँ कायम गरेको छ । एक अर्ब छ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २२ करोड ९८ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीले जीवन बीमा कोषमा ३१ अर्ब ८९ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।