एशियन लाईफ ईन्स्योरेन्स र प्राइम कर्मशियल बैक बीच बैकासुरेन्स संझौता

May 21, 2017 merolagani

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL)  र प्राइम कर्मशियल बैक लिमिटेड (PCBL)  बीच बैकासुरेन्स सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भएको छ । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पु¥याउने उद्धेश्यले दुई कम्पनीबीच आइतबार सम्झौता भएको हो ।



संझौतापत्रमा प्राइम कर्मशियल बैकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

अव एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग प्राइम कर्मशियल बैंकका नेपालभरिका ५५ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइएको एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

बैकासुरेन्सको माध्यमबाट बैकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७३ चैत्र समान्तसम्म यस कम्पनीको जीवन बीमाकोष ९ अर्ब ४२ करोड, लगानी ९ अर्ब ६ करोड तथा चुक्ता पुँजी ८० करोड ५५ लाख रहेको छ ।

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।