सेवा र कामना विकास बैंकले किन बोलाए एकैदिन विशेष साधारणसभा ?

May 24, 2017 merolgani

बुटबलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक (SEWA)  र पोखरामा रहेको कामना विकास बैंक (KMBL) एकआपसमा मर्जरमा जाने भएका छन । मर्जर प्रस्ताव पारित गर्न दुवै बैंकले जेठ २५ गते विशेष साधारणसभा बोलाएका छन् ।

विशेष साधारणसभाबाट दुवै कम्पनीको चल अचल सम्पत्ति मूल्यांकन (डीडीए) प्रतिवेदन पारित गर्ने र सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ निर्धारण गरिने एको छ ।

दुई संस्था गाभिएर कामना विकास बैंकको रुपमा वित्तीय कारोबार हुने छ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरमा राख्ने प्रस्ताव पनि साधारण सभामा गरिएको छ ।

कामनाको विशेष साधारण सभा होटल पोखरा ग्रान्ड पार्दी बिरौटा, पोखरामा हुनेछ भने सेवाको आम्रपाली कटेज एन्ड रेष्टुरेन्टको सभाहल, बुटवल–८ मा हुनेछ ।

तेस्रो त्रैमासम्ममा कामनाको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ र सेवाको ९४ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।