आस्वा प्रणालीलाई थप ब्यवस्थित गर्न धितोपत्र बोर्डले दियो यस्तो निर्देशन

May 25, 2017 merolagani

नेपाल धितोपत्र वोर्डले आस्वा प्रणालीलाई थप व्यवस्थित र सरल बनाउन नयाँ निर्देशन जारि गरेको छ। आगामी आर्थिक बर्षबाट सेयर आवेदनमा अनिवार्य रुपमा आस्वा प्रणाली लागू गर्न लागेको बोर्डले आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई नौ बुँदे निर्देशन दिएको हो।

गत माघदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा ऐच्छिक रुपमा आस्वा प्रणाली लागू भएकोमा २०७४ श्रावणदेखि उक्त प्रणालीलाई अनिवार्य गरिएको अवस्थामा बोर्डले आफ्नो बैंक खाता रहेको बैंकबाट सेयर भर्न सकिने आश्वा प्रणालीलाई ब्यवस्थित गर्न थप निर्देशन जारी गरेको हो ।

बोर्डका अनुसार सेयर खरीद आवेदन फारममा आवेदकले नामथर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखत लगायत सम्पूर्ण विवरणहरु रुजु गरेर मात्र सम्बन्धित संस्थाहरुले सेयर खरीद आवेदन लिनुपर्नेछ ।साथै फाराममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत अनिवार्य हुनु पर्ने व्यवस्था गरेको छ ।

विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ। साथै आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हितग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नाम थर लेख्नु पर्ने हुन्छ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सबै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धि संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा त्यही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउनसमेत वोर्डले निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखावाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्दर्भमा कुन शाखावाट प्राप्त भएको हो त्यो पनि खुलाउनु पर्छ। उनीहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासँग सम्बन्धित विषयवस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एकजना बैकल्पिक सम्वन्धित अधिकारीको नामथर, सम्पर्क फोन, मोवाइल नम्बर र पत्राचार गर्ने आधिकारीक इमेल सात दिनभित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्रीप्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउनु पर्छ।
निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्नु पर्छ।

बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट यो सेवा उपलब्ध गराउनुपर्ने र त्यसका लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्नु पर्ने व्यवस्था वोर्डले गरेको छ।

आस्वा प्रणाली सम्वन्धमा २०७४ श्रावण अगाडि कम्तीमा एक पटक र त्यसपछि समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्न पनि वोर्डले निर्देशन दिएको छ।

सहभागी वैंक वा वित्तीय संस्था तथा शाखाहरुले प्रदान गरेको आस्वा सेवा सम्वन्धमा समय समयमा वोर्डवाट स्थलगत निरीक्षण हुन सक्ने र उक्त निरीक्षणका क्रममा कमी कमजोरी देखिएमा सम्वन्धित संस्था तथा शाखालाई सेवा प्रदान गर्न रोक लगाइने पनि बोर्डले स्पष्ट पारेको छ ।

साथै बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ तथा उर्पयुक्त व्यवस्थाहरु पालना नभएमा आस्बा सेवा सम्वन्धी अनुमति स्थगन, खारेजी लगायत धितोपत्र सम्वन्धी ऐन नियम वमोजिम कारवाही हुने जनाएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।