नेप्सेमा शुक्रबार बोनस सुचिकृत गराउने पाँच कम्पनी चिन्नुहोस्

May 26, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शुक्रबार पाँच कम्पनीको ९१ लाख ४४ हजार चार सय ९१ दशमलव १९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । दुई कम्पनीले सेयर संरचना परिवर्तन गरि संस्थापक सेयरलाई  साधारण सेयरमा रुपान्तरण गरेका छन् ।

यसरी बोनस सुचिकृत गराउने कम्पनीहरुमा एक बाणिज्य बैंक, एक विकास बैंक, दुई लघुवित्त र एक इन्स्योरेन्स कम्पनी रहेको छ ।

शुक्रबार नै काक्रेविहार विकास बैंक र युनाईटेड फाईनान्सले संस्थापक-साधारण सेयर अनुपात ५१:४९ कायम गर्न संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गरेका छन् । 

कुमारी बैंक (KBL) ले शुक्रबार ५६ लाख ८० हजार तीन सय ९१ कित्ता बोनस सेयर सुचिकृत गराएको हो । कामना विकास बैंक (KMBL) को १४ लाख २७ हजार सात सय ४३ दशमलव ३० कित्ता बोनस सेयर पनि शुक्रबार नै सुचिकृत भएको छ ।

मिथिला लघुवित्त (MLBBL) को ६४ हजार पाँच सय एक दशमलव २० कित्ता बोनस सेयर सुचिकृत भएको छ भने रुरल माईक्रोफाइनान्स कम्पनी (RMDC) ले छ लाख २९ हजार दुई सय कित्ता बोनस सुचिकृत गराएको छ ।

त्यसैगरि एशियन लाईफ इन्स्योरेन्स कम्पनी (ALICL) ले १३ लाख ४२ हजार छ सय ५५ दशमलव ४० कित्ता बोनस सुचिकृत भएको छ ।

काक्रेविहार विकास बैंक (KKBL) ले ६५ हजार २१६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेको छ भने छ लाख तीन हजार चार सय २४ दशमलव ९० कित्ता  संस्थापक सेयरलाई युनाईटेड फाईनान्स (UFL) ले साधारण सेयरमा रुपान्तरण गरेको छ । रुपान्तरण पछि दुबै कम्पनीको संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।