तराईमा बिकासको ढोका खोल्ने फास्ट ट्रयाकको निर्माण आजदेखि सुरु हुँदै

May 28, 2017 Merolagani

नेपालीहरुको बर्षौदेखिको सपना काठमाडौ तराई जोड्ने द्रुत मार्ग अर्थात फास्ट ट्रयाकको औपचारिक निर्माण आजदेखि सुरु हुँदैछ । नौ बर्षअघि नै निमार्ण सुरु गर्ने भनिएको फास्ट ट्रयाक निर्माण भारतलाई दिने कि नेपाल आफैले बनाउने भन्ने बिबादमा लामो समय अल्झिएको थियो । नेपाल सरकार आफैले बनाउने गरी नेपाली सेनालाई निमार्ण जिम्मा दिईएपछि आज शिलान्यास हुन लागेको हो ।

 हालै राजीनामा गरेर काम चलाउ बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ नजिकको तामागढीमा आज फास्ट ट्रयाकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । सरकारी अधिकारीहरु निजगढ पुग्ने क्रम जारी छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७६ किलोमीटर दुरीको सडक निर्माण भएपछि ढिलोमा डेढ घण्टामा काठमाडौदेखि त्यहाँ पुग्न सकिने छ । २२ मीटर चौडा सडकमा सबै खाले सवारी साधन गुडन सक्नेछन् । नेपाली सेनाले त्यसको ट्रयाक खोल्ने काम यसअघि नै गरिसकेको हुनाले निर्माण समेत उसैले पाउँदा चाडै निर्माण पुरा हुने अपेक्षा गरिएको छ ।

यस दु्रत मार्ग बनेपछि बारा, पर्सा, रौतहटसहित मध्य एबं पूर्वी तराईको बिकासको ढोका खुल्ने आशा गरिएको छ । बाराको निजगढमै अन्तर्राष्ट्रिय बिमानस्थल बन्न लागेकाले त्यसलाई समेत सहयोग पुग्ने बताईएको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।