बैंक तथा वित्तिय संस्थाको संख्या १४ वटा घट्दा, शाखा संख्या ४४३ ले बढ्यो

May 28, 2017 merolagani

चालु आर्थिक बर्षको नौ महिना अवधिमा मर्जर तथा प्राप्तिले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४ वटाले घटेपनि संस्थाहरुको शाखा संख्यामा भने ४४३ वटा वृद्धि भएको छ । राष्ट्र बैंकको मौन्द्रिक नीतिको त्रैमासिक समिक्षा अनुसार २०७३ असार मसान्तमा कुल बैंक तथा वित्तिय संस्थाको संख्या १७९ रहेकोमा हाल १६५ वटा कायम भएको छ ।२०७३ असार मसान्तमा ४२७४ रहेको उनिहरुको शाखा संख्या भने ४४३ वटा वृद्धि भई कुल ४७१७ पुगेको छ ।

समिक्षा अवधिमा मर्जर तथा प्राप्तीबाट विकास बैंकको १३ वटा तथा फाईनान्सको ९ वटा गरि २२ वटा घटेका छन् भने लघुवित्तको संख्या ८ वटा थपिएको छ । २०७३ असार मसान्तमा ६७ वटा विकास बैंक रहेकोमा १३ वटा घटेर चैत मसान्तमा आईपुग्दा ५४ वटामा आईपुगेको छ भने ४२ वटा फाईनान्स कम्पनीबाट ९ वटा घटेर ३३ वटामा कायम हुन पुगेको छ । २०७३ असार मसान्तमा ४२ रहेको लघुवित्तको संख्या भने ८ बढेर ५० वटा पुगेको छ ।

समिक्षा अवधिको नौ महिनामा २८ वाणिज्य बैंकहरुले १७१ शाखा विस्तार गरेका छन् । विकास बैंक र फाईनान्स कम्पनीको शाखा संख्या अन्य वाणिज्य बैंक तथा एक आपसमा मर्ज तथा प्राप्तीका कारण घटेका छन् । विकास बैंकको २० र फाईनान्स कम्पनीको शाखा संख्या २४ वटा घटेको छ । नौ महिनाको अवधिमा आठ संख्या बढाएको लघुवित्त कम्पनीको शाखा संख्या ३१६ ले वृद्धि भएको छ । 

राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०७३ चैतमसान्तमा २८ वाणिज्य बैंक, ५४ विकास बैंक, ३३ फाइनान्स कम्पनी र ५० लघुवित्त विकास बैंक कायम रहेका छन् ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।