कसरी संभव छ आईपीओमा आबेदन गर्ने सबैलाई कम्तिमा १० कित्ता सेयर ?

May 29, 2017 Merolagani

तिलक कोइराला

धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ)मा आबेदन गर्नै सबैलाई कम्तिमा १० कित्ता वा १० को गुणनमा हुने गरी सेयर बाँडफाँड गर्नुपर्ने नियम जारी गरेपछि साधारण सेयर लगानीकर्ताहरुमा भ्रम उत्पन्न भएको पाईएको छ । के अब साधारण सेयरमा लगानी गर्दा १० कित्ता सेयर अनिबार्य रुपमा पाईन्छ ?

धितोपत्र निश्काशन तथा बाँडफाँट निर्देशिका २०७४ जारी गर्दै धितोपत्र बोर्डले आबेदन गर्ने सबैलाई १० कित्ता वा १० को गुणनमा सेयर दिनुपर्ने निर्देशन गरेको हो ।


धितोपत्र बोर्डले आईतबार जारी गरेको प्रेस बक्तब्यमा हाल ४० प्रतिशत धितोपत्र साना लगानीकर्ता र ६० प्रतिशत धितोपत्र अन्य लगानीकर्ताको लागि वितरण गर्ने व्यवस्था रहेको, जसले धितोपत्रको बाँडफाँटमा व्यवहारिक रुपमा वितरण हुन नसकेको पृष्ठभूमिमा धितोपत्र बाँडफाँट गर्दा आस्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई कम्तिमा दश कित्ता वा दशको गुणनमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्था गरी लगानीकर्ताको सहभागितामा जोड दिर्इएको भनी उल्लेख गरिएको छ ।

आबेदन गर्ने सबैलाई १० कित्ता सेयर दिने भन्ने बोर्डको नयाँ निर्देशन कार्यान्वयन गर्नु चुनौतिपूर्ण मात्रै नभई अब्यवहारिक पनि देखिएको छ ।

एउटा उदाहरण हेरौः अहिले साधारण सेयर निश्काशन गरिरहेको छ्याङ्दी हाईड्रोले पाँच लाख ४० हजार कित्ता बिक्रीमा ल्याएको छ । त्यस कम्पनीको सेयरमा एक लाख आबेदकले आबेदन गरे भने कसरी प्रत्येक आबेदकलाई १० कित्ताका दरले बाड्न सकिन्छ ? सकिदैन । प्रत्येक आबेदकलाई १० कित्ताको दरले बाड्ने हो भने १० लाख कित्ता बिक्रीमा आएको हुनुपर्छ । धितोपत्र बोर्डको प्रेस बिज्ञप्तिको भाषा हेर्दा नयाँ निर्देशन अब्यवहारिक र भ्रमपूर्ण रहेको यसबाट सावित हुन्छ ।

प्रेस बिज्ञप्तिको भाषालाई छाडेर अब धितोपत्र निश्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मै केन्द्रित होऊँ । निर्देशिकाको दफा ३० मा बाँडफाँडको संख्या बारे उल्लेख गरिएको छ । त्यसले सुरुमा सबै आबेदकलाई १० कित्ता नै बाँडफाँड गर्नुपर्ने भने पनि उपदफा ४ मा गएर भने सबै आबेदकलाई १० कित्ता बाड्न सेयर नपुगेमा गोलाप्रथाबाट बाड्न सकिने ठाउँ दिएको छ ।

अहिले साधारण सेयर आबेदनमा लगानीकर्ताको सहभागिता हेर्दा २० लाख कित्ता सेयर बिक्रीमा आएको र दुई लाख जनाले आबेदन गरेको अबस्थामा भने धितोपत्र बोर्डले भने जसरी प्रत्येक आबेदकलाई कम्तिमा १० कित्ता सेयर दिन संभव हुन्छ ।

निर्देशिकाको ब्यवस्थालाई प्रेस बिज्ञप्तिमा स्पष्ट पार्न धितोपत्र बोर्डका अधिकारीहरुको ढंग नपुग्दा सर्बसाधारण लगानीकर्तामा भ्रम उत्पन्न हुन पुगेको देखिएको छ । 

यसरी सबै कुरा हेरिसकेपछि आबेदक सबैले १० कित्ता सेयर अनिबार्य रुपमा पाउँने छन् हैन, सेयर पर्नेलाई चाँही १० कित्ता अनिबार्य पर्छ भन्नुपर्ने हुन्छ । १० कित्ता पनि बाड्न नपुगेमा धेरै रकमको आबेदन गर्नेले धेरै कित्ता पाउने संभावनालाई पनि कमजोर पारेको छ । यसबाट थोरै कित्ता सेयर आबेदन गर्नेहरु भने लाभांन्वित हुनेछन्, जुन सकारात्मक पक्ष हो ।

संस्थागत लगानीकर्ताले साधारण सेयर आबेदनमा पहिलो चरणमा सहभागिता जनाउन नपाउने प्रावधानले पनि आम लगानीकर्ताहरुलाई सेयर प्राप्तिमा फाईदा पुग्न जाने देखिन्छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।