सिद्धार्थ बैंक र माछापुच्छ्रेको हकप्रदपछि कतिमा भयो सेयर मूल्य समायोजन ?

May 30, 2017 merolagani

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार  सिद्धार्थ  र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको छ । माछापुच्छ्रे बैंकको १२ प्रतिशत र सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले  सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रदको सेयरमूल्य समायोजन गरेको छ । बैंकले जारी गर्न लागेको ३० प्रतिशत हकप्रदलाई समायोजन गरी ५३८ रुपैयाँ समायोजित मूल्य निर्धारण गरिएको छ । बैंकको पहिलो कारोबार मंगलबार प्रतिकित्ता ५३८ रुपैयाँबाट सुरु भएको छ । जसको औसत आधार मूल्य ६३९ रुपैयाँ निर्धारण गरिएको छ ।

बैंकले लक्ष्मी क्यापिटल मार्केट मार्फत एक सय रुपैयाँ अंकित दरको एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । ५ अर्ब २५ करोड चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रदपछि ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

उता नेप्सेले मंगलबार नै १२ प्रतिशत हकप्रदलाई समायोजन गरी माछापुच्छ्रे बैंकको समायोजित मूल्य ३८० रुपैयाँ निर्धारण गरेको छ । बैंकको पहिलो कारोबार मंगलबार प्रतिकित्ता ३८० रुपैयाँबाट सुरु भएको छ । जसको औसत आधार मूल्य ४३३ रुपैयाँ निर्धारण गरिएको छ । 

बैंकले एनएमबि क्यापिटल मार्फत दश बराबर एक दशमलव दुई कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर जारी गर्देछ । ६ अर्ब ५९ करोड चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँ नाघ्नेछ । 

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा कायम गरेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।