गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

May 31, 2017 MEROLAGANI

गरिमा विकास बैंक(GBBL) ले बैशाख १४ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरको बिक्री विहीबारदेखि बन्द हुँदैछ । गत चैत २९ गतेसम्म कायम बैंकका सेयरधनीले हकप्रदका सेयरका लागि आवेदन गर्न पाउनेछन ।हकप्रद प्रयोजनका बैंकले गत चैत्र ३० गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा बैंकले ७० प्रतिशत हकप्रद निष्कासन गरेकोे हो । बैंकले एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर निष्काशन गरेको छ । 

७० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।
चालु आर्थिक वर्षको कमाईबाट बैंकले थप ३० करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल तथा गरिमाका सबै शाखाहरुबाट सेयरधनीले हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा जेठ १७ गते आवेदन गने अन्तिम दिन हो ।

गरिमा विकास बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २४ करोड ८५ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २५ रुपैयाँ ५६ पैसा कायम गरेको छ । यस अवधिमा बैंकले १३ अर्ब ३९ करोड निक्षेप संकलन गरेर १२ अर्ब नौ करोड रुपैँया कर्जा लगानी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।