हिमालयन बैंक सहित नेप्सेमा दुई करोड ५९ लाख कित्ता सेयर सूचिकृत

May 31, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बुधबार हिमालयन बैंकसहित पाँच कम्पनीले दुई करोड ५९ लाख २४ हजार ४७१ कित्ता बोनस तथा हकप्रद सेयर सूचिकृत गरेका छन् ।

यसरी सूचिकृत गर्ने कम्पनीहरुमा हिमालयन बैंकले सबैभन्दा बढि एक करोड ३४ लाख ९७ हजार ४३५ कित्ता बोनस सेयर सूचिकृत गराएको छ । त्यस्तै कैलाश विकास बैंकले बोनस तथा हकप्रद सेयर सूचिकृत गराएको हो । कैलाशले ३९ लाख ५० हजार ८४० कित्ता  बोनस तथा ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर सूचिकृत गराएको छ ।

 

बुधबार नै सिभिल लघुवित्त ( यसअधिको आईएलएफसीओ लघुवित्त) ले ५० हजार कित्ता बोनस सेयर सूचिकृत गराएको छ । सिभिल बैंकले किनेपछि आईएलएफसीओ माईक्रोफाईनान्सको नाम सिभिल लघुवित्तमा परिणत भएको हो । यस्तै सेवा क्षेत्रको सोल्टी होटलले ५२ लाख ६५ हजार ५२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको हो ।

यसैविच यसअधिको एनसीएम मर्चेन्ट बैंकिंग लिमिटेडको नाम नेप्सेमा बुधबारबाट सनराईज क्यापिटल लिमिटेडमा परिवर्तन भएको छ । कम्पनीलाई सनराईज बैंकले किनेपछि बैंकको सहायक कम्पनीको रुपमा सञ्चालन हुँदै आएपनि बुधबारबाट नाम परिवर्तन भएको हो ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।