कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद कहिलेसम्म सेयर किनेका लगानीकर्ताले पाउँछन् ?

Jun 04, 2017 merolagani

कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद जारी गर्न बुकक्लोज मिति तोकेको छ । बैंकले असार १ गते सेयरधनी किताब बन्द गर्ने भएको हो । यस अनुसार बैंकले जारी गर्ने ३० प्रतिशत हकप्रद जेठ ३१ गतेसम्म सेयर किन्ने लगानीकर्ताले मात्र प्राप्त गर्न सक्नेछन् ।

कञ्चनपुरमा केन्द्रिय कार्यालय रहेको बैंकले धितोपत्र बोर्डबाट जेठ ७ गते १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद जारी गर्ने अनुमति प्राप्त गरेको थियो । बैंकले हकप्रद बिक्रीका लागि ग्लोवल आईएमई क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ । 

बैंकको हाल चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

राष्ट बैंकले तोकेको एक देखि तीन जिल्ले विकास बैंकको चुक्ता पूँजी पुर्याउन बैंकले बैंकलाई थप चार करोड ९६ लाख रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।