प्रिमियर इन्स्योरेन्सले जारी गर्ने एफपीओको मूल्य घट्यो

Jun 05, 2017 merolagani

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले जारी गर्ने थप नयाँ साधारण सेयर अर्थात एफपीओको मूल्य घटाएर नयाँ मुल्य सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको हो ।

यसअघि कम्पनीले प्रिमियम सहित प्रतिकित्ता एक हजार चार रुपैयाँमा एफपीओ बिक्री गर्ने प्रस्ताव गरेको थियो ।

इन्स्योरेन्सले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका बमोजिम एफपीओको मूल्य निर्धारण गरेको जनाएको छ ।

कम्पनीले अब प्रतिकित्ता अंकित एक सय रुपैयाँमा ७९५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८९५ रुपैयाँमा एफपीओ बिक्री गर्ने भएको हो ।

प्रिमियरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर जारी गर्न लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो ।
एफपीओ जारी गर्न एनएमबि क्यापिट बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।