सिद्धार्थ छाडेर पुन: कुमारी समाल्न पुगे प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी

Jun 05, 2017 merolagani

कुमारी बैंक (KBL) ले प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । बैंकको संचालक समिति बैठकले चारबर्षे कार्यकालका लागि भण्डारीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

सिद्धार्थ बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका भण्डारी तीन बर्ष कार्यकाल बाँकी छँदै सिद्धार्थ छाडेर कुमारी समाल्न पुगेका हुन ।

भण्डारी कुमारी बैंकका संस्थापक सिइओ समेत हुन ।

सिदार्थमा भण्डारीको दुई कार्यकाल पुरा हुने भएको हुँदा उनले सिदार्थ छाडेका हुन् । अहिलेको बाफियाले लगातार दुई कार्यकाल एउटा बैंकमा सिइओ हुन दिदैन । 

कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्दै छ।

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।