संचालकको संख्या घटाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

Jun 05, 2017 merolagani

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संचालकको संख्या घटाउन निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागु भएसंगै राष्ट्र बैंकले नयाँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न यस्तो निर्देशन दिएको हो ।

सोमबार राष्ट्र बैंकले प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले क देखि घ वर्गसम्मका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई साधारण सभा वा विशेष साधारण सभा बोलाएर प्रचलित कानुन बमोजिम कायम गर्न निर्देशन दिएको हो ।

 

 

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा संख्या कम्तिमा ५ जना देखि बढीमा ७ जना सम्म संचालक बन्न पाउने व्यवस्था छ । यसअघि कम्तिमा ७ जना देखि ९ जना सम्म सञ्चालक रहन सक्ने व्यवस्था रहेको थियो ।

अब साधारण सभा सकिसकेका बैंकहरुले विशेष साधारण सभा मार्फत तथा साधारणसभा नगरेका बैंकहरुले साधारणसभा मार्फत प्रबन्धपत्र र नियमावली संशोधन र त्यसै अनुसार सञ्चालकहरुको व्यवस्था पनि गर्नुपर्ने छ ।

नयाँ व्यवस्थाअनुसार संवैधानिक पद धारण गरेकाले त्यो पदमा रहुन्जेल बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति र कार्यकारी प्रमुखको पदमा बस्न पाउने छैनन् । अब सांसदहरु बैंक तथा वित्तिय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन । व्यवसायीलाई भने सञ्चालक वन्न रोक लगाएको छैन् ।

स्नातक उत्तीर्ण गरी विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा सङ्गठित संस्था वा नेपाल सरकारको सेवामा सञ्चालक वा पदाधिकारी तहमा ३ वर्ष काम गरेको व्यक्ति बैंक सञ्चालकका लागि योग्य हुने ऐनमा उल्लेख गरिएको छ ।

बाफियामा एउटै व्यक्ति बैंक तथा वित्तीय संस्थाको संचालक र बीमामा संचालक बन्न रोक लगाएको छ ।

 

 

राष्ट्रपतिबाट प्रमाणिकरण भएको बाफिया कहिलेदेखि आउँछ कार्यान्वयनमा ?

किन धमाधम फेरिदै छन् बैंक तथा वित्तीय संस्थाका संचालक ?

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।