कुमारी बैंकको लिलाममा राखिएको सेयर कसले कतिमा सकार्यो ?

Jun 05, 2017 merolagani

५० प्रतिशत हकप्रद निष्काशन गर्दा बिक्री नभएर लिलाम गरिएको कुमारी बैंक (KBL) को तीन लाख ६६ हजार ५ सय ६२ दशमलब ६६ कित्ता सेयरको बोलकबोल जेठ २२ गते सोमबार ३ बजे सिद्धार्थ क्यापिटलमा खोलिएको छ । साथै उक्त परिमाणको सेयर साधारण सेयरतर्फ २७७ जनालाई र संस्थापक सेयरतर्फ तीन जनालाई गरि २८० जनालाई बाँडफाँड गरिएको सिद्धार्थ क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार बैंकको साधारण सेयरमा अधिकतम ४०० रुपैयाँसम्म तथा संस्थापक सेयरका लागि  १४० रुपैयाँसम्मको आवेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

दुई लाख ८० हजार ४ सय ७० कित्ता साधारण सेयरका लागि ३०७.१० रुपैंयाँ सेयर प्राप्त गर्ने मूल्य निर्धारण भएको छ । जसअनुसार ३०७ रुपैयाँ भन्दा माथि आवेदन गर्ने सबै आवेदकले सेयर पाएका छन् । त्यस्तै ८६हजार ९२ दशमलब ६६ कित्ता संस्थापक सेयरका लागि सेयरका लागि १०७ रुपैंयाँभन्दा माथिको आवेदन गर्नेले सेयर पाएका हुन् ।

साधारण सेयरका लागि कुल दुई हजार १९ वटा आवेदन परेकोमा उक्त मूल्य अनुसार २७७ जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ भने संस्थापकका लागि तीन वटा आवेदन परेकोमा तीनै जनाले सेयर प्राप्त गरेका छन् । जसमा १४०, १३३ र १०७ रुपैयाँको गरी तीनवटा आवेदन परेको थियो ।

सिद्धार्थ क्यापिटलका अनुसार लिलाममा सेयर प्राप्त गर्न नसक्ने लगानीकर्ताहरुको पैसा जेठ २९ गतेदेखि फिर्ता हुनेछ । कुमारी बैंकको सेयर सोमबार नेप्सेमा प्रतिकित्ता ३३० रुपैंयामा किनबेच भएको छ ।

बैंकले ८६ हजार ९२ दशमलब ६६ कित्ता संस्थापक तथा दुई लाख ८० हजार ४ सय ७० कित्ता साधारण सेयर गरी तीन लाख ६६ हजार ५ सय ६२ दशमलब ६६ कित्ता सेयर जेठ १४ देखि २१ गतेसम्म लिलाममा राखेको थियो । यसअघि बैंकले गत चैत ६ देखि बैशाख १० सम्म ५० प्रतिशत अर्थात दुई बराबर एकको दरले हकप्रद बिक्रि गरेको थियो ।

गत आर्थिक वर्ष २१ प्रतिशत बोनस बितरण गरेको कुमारीको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंयाँ रहेको छ । यसअघि विक्री गरेको पचास प्रतिशत हकप्रद वितरणपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।

काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको कुमारीको एक्वायरपछि ६ अर्ब रुपैयाँ चुक्ता पुँजी नाघ्नेछ । बैंकले चैत मसान्तसम्ममा ३७ करोड ५८ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.६४ पैसा कायम गरेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।