नबिल बैंक पनि लाग्यो आक्रमक शाखा विस्तारमा, उपत्यका बाहिर एकैपटक १० शाखा थप्दै

Jun 06, 2017 merolagani

नबिल बैंकले उपत्यका बाहिर एकै पटक १० वटा शाखा विस्तार गर्ने तयारी थालेको छ । बैंकले उपत्यका बाहिरका बिभिन्न मुख्य शहरमा १० वटा नयाँ शाखा सञ्जाल विस्तार गर्न लागेको हो ।

नबिल बैंकले सुर्खेतको बिरेन्द्रनगर, सिरहाको लाहान, कैलालीको टिकापुर, कास्कीको तालचोक, बगर, र अमरसिंह चोकमा नयाँ शाखा विस्तार गर्न लागेको हो । त्यस्तै बैंकले दाङको लमही, महोत्तरीको बर्दिबास, चितवनको रत्ननगर र सर्लाहीको हरिवनमा समेत नयाँ शाखा विस्तारको योजना बैंकको रहेको छ । 

शाखा विस्तारका लागि बैंकले भुई तल्ला वा पहिलो तल्लामा २००० देखि २५०० वर्गफुट क्षेत्रको घर खोजिरहेको छ । सो घरमा पानी र ३ फेजको विजुली लाइन तथा ६ मिटर चौँडाईको बाटो अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ ।
बैंकले सो क्षेत्रमा त्यस्ता भवन मालिकहरुले असार ६ गतेभित्र भाडादर सहित शिलबन्दी गरेर आवेदन दिन पनि भनेको छ ।

 

 
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।