मेगा बैंकको आठ अर्ब लक्ष्य, ६५ प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया थाल्यो

Jun 07, 2017 merolagani

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याउन ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसका लागि बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।



बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले गएको बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । जस अनुसार बैंकले एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

हकप्रद शेयर निस्कासन गरेपछि बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । जसमा अपुग पुँजी बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने लक्ष्य राखेको छ

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको बैंकको टुरिजमलाई समेत गाभ्दा चुक्तापूँजी नौ अर्ब बढी पुग्ने देखिन्छ । उता मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेण्ट बैंकलाई एक्वायर गरेको टुरिजमले मेगासँगको मर्जर अगावै बोनस तथा हकप्रदबाट दुई अर्ब बढी पूँजी पुर्याएको छ ।

साथै मेगाले जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन गर्ने, मर्चेण्ट बैंक तथा सेयर दलाल लाईसेन्स लिने, स्वदेशी तथा विदेशी रणनितिक साझेदारी गर्ने लगायतका प्रस्ताव पनि गएको साधारण सभाबाट पारित गराईसकेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।