एशियन लाईफले एनआईबिएल क्यापिटल मार्फत ५० प्रतिशत हकप्रद बिक्री गर्ने

Jun 08, 2017 merolagani

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड(ALICL) ले एनआईबिएल क्यापिटल मार्केट्सलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आठौ  तथा नवौं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्देछ ।




सेयर निष्काशन सम्बन्धि सम्झौतामा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेख बहादुर थापाले बुधबार हस्ताक्षर गरेका हुन ।

एशियन लाईफले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात प्रतिसेयर एक सय रुपैयाँको दरले ४० करोड २७ लाख ९६ हजार ६ सय रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी एक अर्ब २० करोड ८३ लाख ८९ हजार ८६० रुपैयाँ पुग्नेछ । विमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

हाल कम्पनीले ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिदै आएको छ । २०७३ चैत्र मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष ९ अर्ब ४२ करोड, लगानी ९ अर्ब ६ करोड रहेको छ ।

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।