एनएमबी बैंक एक करोड १४ लाख कित्ता एफपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड

Jun 11, 2017 Merolagani

एनएमबी बैंक(NMB)ले एक करोड १४ लाख कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्ने अनुमति पाउन धितोपत्र बोर्डमा निबेदन दिएको छ । धितोपत्र बोर्डको वेभसाईटमा कति मूल्यमा बैंकले एफपीओ प्रस्ताव गरेको हो भन्ने कुरा नुखलाई आबेदन दिएको मात्र उल्लेख गरिएको छ ।

 

बैंकले प्रति कित्ता पाँच सय रुपैयाँ भन्दा माथिको मूल्यमा एफपीओ प्रस्ताव गरेको आँकलन गरिएको छ तर बोर्डले कति मूल्यमा उसलाई एफपीओ जारी गर्न स्वीकृति दिन्छ भन्ने कुरा सर्बाधिक महत्वपूर्ण छ ।

एनएमबीले जेठ २२ गते नै बोर्डमा आबेदन गरेको उल्लेख गरिए पनि जेठ २८ गते आईतबार मात्र बोर्डको वेभसाईटमा देखाईनु पनि रहस्यपूर्ण मानिएको छ ।

बैंकले सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेर बोर्डमा निबेदन दिएको हो ।

यस एफपीओ निश्काशन भएमा चुक्ता पूँजी छ अर्ब ४६ करोडबाट सात अर्ब ६० करोड पुग्ने छ ।

नेदरल्याण्डको रणनीतिक साझेदार एफएमओलाई संस्थापक सेयर प्रिमियममा बिक्री गरेर सर्बसाधारणको हिस्सा कम भएपछि त्यससँग मिलाउन सर्बसाधारणलाई थप सेयर प्रिमियम मूल्यमा बिक्री गर्न खोजिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।