लहडमा बैंक खोल्दा अरनिकोका नारायण पाठकले जस्तै कतिले पछुताउनु पर्यो ?

Jun 11, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले जथाभावी बैंक तथा बित्तीय संस्था खोल्न दिँदा उसले पश्चाताप गरेर अहिले जबरजस्ति संस्थाहरु गाभ्ने रणनीति लिएकै छ, तछाड मछाड गर्दै बैंक खोल्ने संस्थापकहरु त झन् धेरै पछुतो मानिरहेका छन् । आईतबार सेन्चुरी कमर्शियल बैंकले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको अरनिको डेभ्लपमेन्ट बैंकका अध्यक्ष नारायण कपुर पाठकको अनुभुति सुन्दा धेरैलाई भावुक बनाउँछ ।

क्षेत्रीय स्तरको बिकास बैंक अरनिको राष्ट्रिय स्तरको बाणिज्य बैंकसँग गासिन पाउँदा धेरै खुशी हुनुपर्ने हो तर त्यसका अध्यक्ष पाठकले पीडा मात्रै ओकले । राष्ट्र बैंकबाट १० बषै अघि सेवा निबृत्त भएका पाठकले भएभरको पैसा हालेर अरनिको डेभ्लपमेन्ट बैंक खालेका थिए, आज उनीहसँग न त्यो बैंक रह्यो, न त त्यसबाट करोडौ आम्दानी नै हुनसक्यो । बैंकलाई अगाडि बढाउँदै गर्दा राष्ट्र बैंकको अनिबार्य पूँजी बृद्धि योजनाले अरुसँग बेचिन बाध्य बनाएपछि उनको चित्त सबैभन्दा धेरै दुखेको छ ।

२०६३ असार २२ गते अरनिको डेभलपमेन्ट बैंकको सुरुवात गरेको क्षण सम्झँदै उनले भने, ‘बैंक चलाउँदा कति चुनौतीपूर्ण क्षण र सकसपुर्ण अवस्था पार गरियो । अहिले राष्ट्र बैंकको पूँजीवृद्धि नीतिको बाध्यताले संस्थाको अस्तित्व नै मेट्दै सेञ्चुरी बैंकमा विलय हुनु पर्ने अवस्था आयो ।’

भक्तपुरमा जग्गा किन्ने ठूलो रहर मारेर बैंक खोलेको गरेको स्मरण गर्दै पाठकले भने, ‘अहिले आएर किन १२ बर्ष अघि बैंकिंग पेशामा लगानी गरिएछ भन्ने लागेको छ । त्यसबेला भक्तपुरको जगातीमा ६ लाख आनामा जग्गा आउथ्यो । अहिले २२ लाख माथिको मूल्यमा कारोबार भईरहेको छ ।’  पाठकले बोल्दै गर्दा धेरै संचालक र सेयरधनी पनि भावुक बने ।

राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवि नेपालले धेरै बैंकहरुलाई मर्ज गराउनुका साथै पूँजी बृद्धि गराउन सकेको भन्दै सफलताको कथा सुनाएपछि पाठकको मन झन् अमिलो भएको स्पष्टै देखिन्थ्यो । 

संस्थापक र कर्मचारीहरुको बदमासीले कयौं बैंक तथा बित्तीय संस्थाहरु डुबेर निक्षेपकर्ता र सेयर लगानीकर्ताले ठूलो मूल्य चुकाउनु परेकै छ । धन्न अरनिकोका लगानीकर्तालाई ठूलो तनाव लिनु परेन । राम्रो बाणिज्य बैंकमा मिसिन पाउँदा खुशी नै हुनुपर्ने देखिन्छ ।

पाठकले भनेको समयमा जग्गामा ठुलो रकम लगानी गरेकाहरु अहिले टाट पल्टिएका पनि प्रशस्तै उदाहरण छन् । बैंकमा लगानी गर्नु भन्दा घरजग्गामा लगानी गर्नु झन् खतरापूर्ण हुने निश्चित थियो । जे काम पनि लहडमा गर्यो भने पछुताउनुपर्ने रहेछ भन्ने कुरा यसबाट प्रमाणित भएको छ ।

अब साना खाले बैंक तथा बित्तीय संस्था चलाएर मुलुक र जनताको आर्थिक आवश्यक्ता पुरा गर्न सकिँदैन भन्ने उनले पनि बुझेका छन् र आफ्नो मन्तब्यको अन्त्यतिर सम्हालिदै भने ‘तर पनि केही छैन, सेञ्चुरी कर्मर्सियल बैंकको सेयरधनी भएको छु । राम्रो प्रतिफलको अपेक्षा गर्दै आफ्नो ठाउँबाट बैंकलाई गर्नु पर्ने सक्दो सहयोग गर्छु ।’

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले छिटो कमाउने ध्याउन्नमा वित्तीय संस्थामा लगानी भएका कारण नै झण्डै डेढ दर्जन संस्था समस्याग्रस्त बनेको बताएका थिए । उनले तत्काल ठुलो कमाई गर्ने भन्दा सेवाग्राहीलाई उत्कृट सेवा दिन वित्तीय संस्थाको पूँजी आधार बलियो बन्नुपर्नेमा जोड दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।